काठमाडौ, वैशाख १० - नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छले निर्धारित समयमा संविधान लेखन कार्य नसके राष्ट्रपति शासन लगाएर म्याद थप गर्नुपर्ने बताएका छन् ।
भक्तपुरमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले संविधान निर्माणका लागि संविधान सभाको म्याद थप्न सकिने बताए । संविधान निर्माणका लागि कानुन बनाउने निकाय संसद भएकोले संसदमा सहमति गरेर गए संविधान सभाको म्याद थप्न गाह्रो नहुने बताए । जेठ १४ भित्र संविधान निर्माण हुन नसक्ने औंल्याउदै उनले संविधान निर्माणका लागि नियमित प्रक्रिया अगाडि बढेपछि पनि दुई महिना लाग्ने बताए । बिजुक्छेले माओबादीले दिएको तालिममा कोही पनि आत्तिनु नपर्ने बताउँदै राज्यले नै सबैलालाई हतियारको तालिम दिनु पर्ने बताए । तालिमको आडमा माओवादीले आतंक मच्चाए सरकारले सहमति या बल प्रयोग गरेर यस्ता कार्यलाई नियन्त्रणमा लिन सक्नु पर्ने उनले बताए ।
source: kantipur