सशक्त प्रतिकारको तयारी/ नाकाबन्दीसमेत लाग्न सक्ने :

काठमाडौ, वैशाख १० - माओवादी अध्यक्ष पुष्पकमल दाहालले आफ्ना कार्यकर्तालाई दुष्मन विरुद्ध सशक्त प्रतिकारकारुपमा उत्रन कडा निर्देशन दिएका छन् । शुक्रबार राजधानीको एक होटलमा आयोजित राजनैतिक बैचारिक प्रशिक्षण कार्यक्रममा अध्यक्ष दाहालले कडा प्रतिकारमा उत्रन उक्त निर्देशन दिएका हुन् ।
महासचिव रामबहादुर थापाले आन्दोलनका समय नाकाबन्दी र आर्थिक संकट उत्पन्न हुनसक्ने भएकाले त्यसको पनि सामना गर्न कार्यकर्तालाई निर्देशन दिएका थिए । प्रशिक्षण कार्यक्रममा उपाध्यक्ष बाबुराम भट्टराईको समेत उपस्थिति रहेको थियो ।
त्यसैगरी आजै महासचिव थापाले भक्तपुरस्थित कृषिर् विकास बैंकको कार्यालयमा जिल्लाभरीका कार्यकर्तालाई गोप्य प्रशिक्षण दिइरहेका छन् । कार्यकर्तालाई नेवा राज्य समितिका इन्चार्ज हितमान शाक्य, सचिव नारायण शर्मा, शशि श्रेष्ठ, वाईसीएल महासचिव दिलीप प्रजापतिले पनि प्रशिक्षण दिने कार्यक्रम रहेको छ ।
माओवादीले यही बैशाख १८ गतेदेखि आन्दोलन गर्ने घोषणा गरिसकेको छ ।