काठमाडौं, १३ वैशाख
माओवादीले विस्तृत शान्ति सम्झौताको घोर उल्लंघन गरेको ठहर गर्दै सत्तासीन १० दलले माओवादी आन्दोलनको प्रतिकार गर्न सरकारलाई म्यान्डेट दिएका छन् ।
प्रधानमन्त्री माधवकुमार नेपालको आह्वानमा सोमबार बालुवाटारमा बसेको दसदलीय बैठकले माओवादी मुठभेडको स्थिति सिर्जना गर्न उद्यत् रहेको ठहरसमेत गरेको छ । माओवादीले मुलुकका विभिन्न भागमा दिएको सैन्य कलासम्बन्धी तालिम तत्काल रोकेर सहमतिमा आउन पनि बैठकले आह्वान गरेको छ ।
बैठकमा सहभागी दलले माओवादीलाई पतनको नरोज्न सुझाव दिँदै नियन्त्रणका लागि दृढतापर्ूवक आवश्यक सबै कदम चाल्न पनि निर्देश गरेको छ । 'गैरसंवैधानिक बाटो अँगाली सडकबाट सरकार बदल्न चाहनु सरासर अधिनायकवादी प्रवृत्तिको द्योतक हो,' प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार रघुजी पन्तले बैठकपछि जारी प्रेस विज्ञप्तिमा भनिएको छ ।विज्ञप्तिमा वाईसीएलको अर्धसैन्य संरचना भंग, कब्जा सम्पत्ति फिर्ता तथा अन्य दलका कार्यकर्तामाथिको आक्रमण बन्द गर्नसमेत माओवादीलाई भनिएको छ ।बैठकले वर्तमान सरकारलाई नै राष्ट्रिय सहमतिको स्वरूप दिनुपर्ने निर्ण्र्ाागर्दै यही सरकारमा सामेल हुन माओवादीलाई आग्रह पनि गरेको छ ।बैठकपछि कांग्रेस उपसभापति रामचन्द्र पौडेलले शान्ति र राष्ट्रिय सहमति तथा राष्ट्रिय एकताका लागि १० दल एक ढिक्का रहेको बताए । प्रधानमन्त्रीले राजीनामा दिनुपर्ने कुनै कारण नरहेको ठहर बैठकले गरेको पौडेलले सञ्चारकर्मीलाई सुनाए ।फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले गैरसंवैधानिक र आतंकपर्ूण्ा क्रियाकलापका अगाडि सरकारले घुँडा नटेक्ने दृढता व्यक्त गरे ।बैठकमा एमाले अध्यक्ष झलनाथ खनाल, तमलोपा उपाध्यक्ष हृदयेश त्रिपाठी, माले महासचिव सिपी मैनाली, सद्भावना अध्यक्ष राजेन्द्र महतो, राप्रपा अध्यक्ष पशुपतिशमशेर राणा, जनशक्ति पार्टर्ीीध्यक्ष र्सर्ूयबहादुर थापा, नेकपा -संयुक्त) का अध्यक्ष चन्द्रदेव जोशी र समाजवादी प्रजातान्त्रिक पार्टर्ीी अध्यक्ष प्रेमबहादुर सिंहलगायत सहभागी थिए ।त्यसलगत्तै अपराह्न बसेको प्रमुख तीन दलको बैठक विनानिष्कर्षटुंगिएको छ । बैठकमा प्रधानमन्त्री नेपालले सहमतिका लागि आफू बाधक नबन्ने तथा र्सवस्विकार्य सहमति खोज्नुपर्ने प्रस्ताव राखेका थिए । माओवादीले भने आफ्नो नेतृत्वको राष्ट्रिय सहमतिको सरकार गठन नभएसम्म आन्दोलन जारी रहने अडान राखेको थियो ।कांग्रेस र एमालेका नेताहरूले शान्ति प्रक्रिया र संविधान निर्माणमा माओवादी इमानदार नदेखिएसम्म छलफल हुन नसक्ने बताएका थिए ।'आमहडताल घोषणा गरेर सहमतिका लागि वार्तामा बस्नु उल्टो कि सुल्टो प्रक्रिया हो -' बैठकपछि कांग्रेस उपसभापति पौडेलले भने । माओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले भने आमहडतालको बीचमा पनि वार्ता जारी राख्ने सहमति भएको दाबी गरे ।
source:rajdhani