राजधानी पूरै अस्तव्यस्त / साना व्यापारीसँग पनि दस हजार माग :

काठमाडौं , वैशाख १७ - मुलुकका बिभिन्न भागबाट मे दिवस र त्यसपछिको आन्दोलनको लागि भनेर माओवादी कार्यकर्ताहरु ओइरिन थालेपछि राजधानीबासीमा त्रास बढेको छ । व्यवसायीले शुक्रबार दिउँसोदेखि नै व्यापार व्यवसाय बन्द गरेका छन् ।

माओवादी कार्यकर्ताहरु सडकमा नारा लगाएर शनिबारदेखिको सुरु हुने आन्दोलनको तयारी गरिरहेका छन् भने स्थानीयहरु आफ्नो व्यापार व्यवसाय बन्द गरेर घर भित्र बस्न थालेका छन् । बिहानैदेखि जवरजस्ती चन्दा मागेको भनेर बन्द हुन थालेको न्यूरोड, बागबजार, असन, इन्द्रचोकलगायतका स्थान दिउँसोदेखि बिस्तारै मानिसहरुको आवगमनमासमेत कमी हुन थालेको छ ।
माओवादी कार्यकर्ताले विभिन्न प्रयोजनका नाममा जर्बजस्ती चन्दा उठाउन थालेपछि शुक्रबार न्युरोडको मुख्य बजार बन्द भएको छ । सुन्धारास्थित काठमाडौं मल, न्युरोडस्थित बिशालबजार, आर बी कम्प्लेक्स, पिपुल्स प्लाजा, पशुपति प्लाजा र सुरज अर्किड लगायत इन्द्रचोकको पोतेबजार, मख्खन टोल र असनका व्यापारीले पसल बन्द गरेका हुन् । मजदुर दिवसका नाममा पहिले पनि चन्दा दिइसकेका व्यापारीले फेरि रकम बुझाउन नसकिने भन्दै पसल बन्द गरेर घर बसेका छन् । 'व्यापार कत्ति पनि हुदैन, यस्तोमा उनीहरुले भनेजस्तो रकम कहाँबाट ल्याएर दिने,' पसल बन्द गर्ने तरखरमा लागेका न्युरोडस्थित इलेक्ट्रोनिक्स होम्सका व्यवसायीले आक्रोशित हुँदै भने 'कसैलाई भनेर केही होला भन्ने आश पनि छैन, तपाई जानु


source:kantipur