वैशाख १७ - माओवादी नेता लिलामणि पोख्रेलले सरकारले सेना परिचालन गरे माओवादी चुप लागेर नबस्ने चेतावनी दिएका छन् ।
माओवादीले शुक्रबार दाङको घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बौल्दै उनले आफूहरुसँग पनि लडेर जितेको सेना भएकाले कम आँकलन नगर्न आग्रह गरे ।
सेना परिचालन हुनेबित्तिकै शान्ति प्रक्रिया भंग भएको मानिने पोख्रेलको भनाइ थियो ।
सरकारले सेना परिचालन गरेर आन्दोलन दवाउने प्रयत्न गरे त्यसले देशलाई ठूलो संकटमा फसाउने धारणा उनले व्यक्त गरे ।
सत्तारुढ दलहरु दमनबाटै माओवादी आन्दोलन कमजोर पार्ने योजनामा रहेकाले सहमतिको बातावरण बन्न कठिन भएको बताउँदै पोख्रेलले माओवादीलाई सरकारको नेतृत्व गर्न दिए देशमा सहज बातावरण बन्ने बिचार व्यक्त गरे ।
source:kantipur