काठमाडौं, वैशाख १३ - माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्री तोक्ने काम प्रधानमन्त्री माधवकुमार नेपालको नभएको बताएका छन् ।
'म यो प्रधानमन्त्री मान्छु यो मान्दिन भन्ने माधव नेपाल को हुन्,' राजधानीमा सोमबार पत्रकार सम्मेलन गरी दाहालले प्रश्न गरे, 'उनी राजा हुन्, यो राजतन्त्र हो ।' दाहालले लोकतन्त्रमा राजतन्त्रमा झैँ कोटेशन निकालेर प्रधानमन्त्री नबन्ने बताए । 'हिजो राजा थिए, कोटेशन निकाल्थे, यीनै माधव नेपालहरु जान्थे पनि जान्थे, दाहालले भने, 'को हो प्रधानमन्त्री बनाउनेहरु ।' आइतबार माओवादी आक्रमणमा घाइते एमाले कार्यकर्तालाई भेट्नेक्रममा प्रधानमन्त्री माधवकुमार नेपालले हिंसालाई बढावा दिने पुष्पकमल दाहाललाई प्रधानमन्त्री स्वीकार्न नसकिने बताएका थिए । उनले भनेका थिए, 'माधव नेपाल हुन सक्दैन भने, प्रचण्ड पनि हुँदैन, तेश्रो व्यक्ति ल्याउनुहोस् ।'