दाहाललाई प्रधानमन्त्री स्वीकारिँदैनः प्रधानमन्त्री :

प्रधानमन्त्री माधवकुमार नेपालले प्रधानमन्त्रीमा पुष्पकमल दाहाललाई स्वीकार गर्न नसकिने बताएका छन्। दाहालबाहेकको विकल्प भए सहमति हुन सक्ने संभावना रहेको प्रधानमन्त्रीले बताए। सुर्खेतमा माओवादीको आक्रमणबाट घाइते भएका एमाले कार्यकर्ताहरुलाई भेट्न त्रिवि शिक्षण अस्पताल पुगेका प्रधानमन्त्रीले सञ्चारकर्मीहरुलाई आफू कसैको दबाबमा झुकेर राजीनामा नगर्ने पनि बताए।

source: nagarik