वैशाख १७ - भारतले नेपालमा जारी माओवादी गतिबिधिलाई मध्यनजर राख्दै नेपालसग जोडिएको सिमा क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पारेको छ । यता नेपाल प्रहरीले पनि सिमा क्षेत्रमा सुरक्षा निगरानी बढाएको छ ।
माओबादीले शनिबार राजधानीमा गर्न लागेको जन प्रदर्शन र त्यस पछिको नाकाबन्दी लगायतको गतिविधिलाई मध्यनजर राख्दै भारतले सिमा क्षेत्रमा सुरक्षा ब्यबस्था कडा पारेको हो ।
रौतहटको बैरगनिया सिमा सग जोडिएको नाका र वरपरको क्षेत्रमा भारतीय सुरक्षा बल -एसएसबि) र स्थानिय प्रहरीले चेकजाच र मानिसको आवागमनमा कडा पारेको जनाएको छ । उनीहरुले रौतहट पूर्बको बागमती बाँध र पश्चिमको बकुल नाका सम्मको सिमामा सुरक्षा बल तैनाथ गरेर चेकजाच कडा पारेको छ ।
भारतको बैरगनिया थानाका प्रमुख अनिरुद्ध प्रसादले सिमा क्षेत्रमा चेकजाच र मानिसको आबागमनमा कडा पारको बताए । हामी पहिलेदेखि नै सिमामा सुरक्षा ब्यबस्था कडा पार्दै आएका छौ प्रमुख अनिरुद्धले शुक्रबार टेलीफोनमा भने, 'नेपालमा माओबादी गतिबिधिका कारण सिमामा सुरक्षा ब्यबस्था कडा पारेका हौ ।'
भारतीय माओबादीले भारतको छत्तिसगढ लगाएतको स्थानमा पछिल्लो समय ठुला ठुला आक्रमणहरु गरे पछि नेपालको माओबादी प्रति उस्को हेराईमा शकालु भएको हो ।
नेपालबाट भारत प्रबेश गर्ने हरेक मानिसको साथै समानहरुको चेकजाच कडा पारेको सिमा सुरक्षा बलले जनाएको छ । यस अघि निर्बाध रुपले समान ल्याउन र लैजान दिने गरेको घरायसी समानमा उनिहरुले बुधबार देखि रोक लगाएका छन ।भारतबाट साना तिना हतियारका साथै बिस्फेाटक पदार्थ भित्रिने आशकाले नेपाल प्रहरीले भारतिय सिमा क्षेत्रमा मोबाईल गस्तिको साथै चेकजाच सुरु गरेको जनाएको छ । हामी मुख्य नाकाहरुमा पारीबाट नेपाल आउनेहरुको निगरानी
source:kantipur