रुनीको घरमा गोर्खालीको सुरक्षा :

लन्डन/ संसारको हरेक कुनाकाप्चामा नेपाली गोर्खालीको बहादुरीे चर्चा हुने गर्छ । गोर्खालीको प्रमुख विशेषतः भनेकै शत्रुमाथि अन्तिम घडीसम्म पनि लडिरहनु । गोर्खाली साथमा हुँदा आफू सुरक्षित हुने विश्वास पश्चिमी राष्ट्रले अनुभूति गरेका छन् ।
म्यानचेस्टर युनाइटेडका स्टार वाइनी रुनीले आफू सुरक्षित रहन गोर्खालीलाई रोजेका छन् । विश्वकप फुटबलका दौरान एक महिना बाहिर बस्नुपर्ने भएपछि रुनीले घरको सुरक्षाव्यवस्था बेलायतस्थित पूर्वगोर्खालीलाई सुम्पिएका छन् । बि्रटिस मिडियाले जनाएअनुसार रुनी विश्वकपबाट नर्फकँदासम्म गोर्खालीले उनको घरको हेरचाह गर्नेछन् ।
चेसियरमा अवस्थित विशाल ब्राउन घरको सुरक्षाव्यवस्थाका निमित्त रुनीले चार लाख पाउन्ड खर्चेका छन् । ब्राउन हाउसनजिक क्वाटरमा गोर्खाली बस्नेछन् । रुनीले आफ्नो घरको सुरक्षा गोर्खालीलाई दिनुपर्ने दुई कारण भएको एजेन्सीले बताए । पहिलो पक्षका रूपमा पि्रमियरसिप लिग चलिरहँदा म्यानचेस्टरका डेरेन प\mलेचरको घरमा चोरी भएको थियो । यसैगरी रुनीको अनुपस्थितिमा केही अपरिचित व्यक्तिले उनीकी श्रीमतीलाई धम्की दिएका थिए । सोही घटनाका कारण रुनीले आप\mनो घरको सुरक्षा गोर्खालीलाई दिएका हुन् ।
आफू बाहिर हुँदा कुनै पनि अपि्रय घटना नहोस् भनेर रुनीले आफ्नो घरमा गोर्खालीलाई राखेको एजेन्सीले जनाएको छ । 'हातमा खुकुरी बोकेका बलिया गोर्खालीले रुनीको घरको जिम्मा पाएका छन्,' नेपाली गोर्खालीको बहादुरीको चर्चा गर्दै एजेन्सीले उल्लेख गरेको छ, 'अति नै धारिलो खुकुरी बोकेका गोर्खालीले बहादुरीपूर्वक चोरको योजना निस्तेज पार्न सक्छन् ।'
स्रोत अनुसार गोर्खालीको बहादुरीबाट रुनी प्रभावित भएका हुन् । 'हामीले गोर्खाली राख्न सुझाव दिएका हौँ, उनीहरूको सुरक्षा घेरा कसैले पनि तोड्न सक्दैनन्,' म्यानचेस्टरका एक सदस्यले भने, 'उनीहरूको सुरक्षा घेरा तोडिनु भनेको ज्यान गुमाउनु हो ।' 

source:nayapatrika