नागरिक अगुवाहरुले माओवादी अध्यक्ष पुष्पकमल दाहालले व्यक्त गरेका निरंकुश अभिव्यक्तिले मौलिक स्वतन्त्रता, विधि र कानुन, एवम् मानवताका पक्षधरलाई स्तब्ध बनाएको बताएका छन्।
उनीहरुले यसलाई अशोभनीय विषबमन भनेका छन् र दाहालले यसका लागि सार्वजनिक क्षमायाचना गर्नुपर्ने माग पनि गरेका छन्।
प्रेस विज्ञप्तिको पूर्ण पाठ :
एनेकपा माओबादीले आम हड्ताल फिर्ता गरेको घोषणा पश्चात् वैशाख २५ गते खुलामञ्चमा
आयोजना गरेको आमसभामा सो पार्टीका अध्यक्ष पुष्पकमल दाहालबाट व्यक्त अलोकतान्त्रिक, गैरजिम्मेवारपूर्णएवम् अमर्यादित अभिव्यत्तिप्रति हामी सम्पूर्ण पेशागत बुद्धिजीवी, व्यावसायिक समुदाय मानवअधिकारकर्मी,कलाकार एवं आम जनताको गंभिर ध्यानाकर्षण भएको छ। मुलुकलाई गम्भीर मुठभेड जानबाट रोक्न तथाशान्ति, संविधान र सहमतिका लागि राजनीतिक दलहरु र सरकारलाई दबाब दिन पेशागत एवं बौद्धिकसंस्थाको संयोजनमा आयोजित शान्ति भेलामा स्वतः स्फूर्त रुपमा सडकमा उर्लिएको जनसागरप्रतिअनावश्यवक लाञ्छना लगाउदै शहरी क्षेत्रमा बसोबास गर्ने सचेत आम जनता, बुद्धिजीवी तथा ब्यवसायीप्रति माओवादी अध्यक्षबाट अशोभनीय विषवमन हुनुले शान्ति, सहमति र लोकतन्त्रको मार्गमा झन कटुता र उत्तेजना बढाउने काम गरेको छ।
पूर्व प्रधानमन्त्री एवं प्रमुख प्रतिपक्षी दलका नेता तथा जिम्मेवार दलका अध्यक्षले लोकतान्त्रिक मूल्य र
मान्यताप्रति प्रतिबद्ध तमाम शान्तिपे्रमी बुद्धिजीवि एवं पेशागत समूहहरु, कलाकारहरु समेतले शान्ति सभा
आयोजना गरेको कारण देखाई भिजिलान्ते, युद्ध चाहनेहरुलाई देखाइदिने र बुद्धिजीवी पेशा, व्यवसाय र
राजधानीमा बसोबास गर्ने व्यक्तिहरु, तथा स्वतन्त्रपूर्वक लेख्ने र बोल्नेको बिरुद्ध हिसाबकिताब राख्ने र
घेराबन्दी गराइ यिनीहरुलाई कारवाही गरिने जस्तो निरंकुश अभिव्यक्तिले मौलिक स्वतन्त्रता, विधि र कानुन,
एवं मानवताका पक्षधर हामी सबैलाई स्तब्ध बनाएको छ। त्यस्ता अभिव्यक्तिप्रति हामी दुःख व्यक्त गर्दै सो
व्यवहार भर्त्सना योग्य ठान्दछौं।
एउटा जिम्मेवार नेताको हैसियतले उक्त अभिव्यक्तिप्रति सार्वजनिक रुपमा क्षमायाचना गर्न हामी आग्रह गर्दछौं। साथै भावी दिनमा आफ्नो पार्टी, नेपाली मतदाता र तमाम नागरिकको
सम्मानमा आँच पर्ने किसिमले युद्ध र धम्कीको भाषा नबोल्न र नेताको गरिमा कायम राख्न हामी पेशागत
स्वतन्त्र बुद्धिजीवी, मानव अधिकारकर्मी एवं नागरिक अगुवाहरुको तर्फबाट हार्दिक आह्वान गर्दछौं।
source:nagarik