केहि गर्ने समय आउँदैछः पूर्व राजा :

काठमाडौं, जेष्ठ ११ - पूर्व राजा ज्ञानेन्द्र शाहले आफूले राष्ट्रका लागि केहि गर्ने समय आउने बताएका छन् । तर
अहिले भने त्यो बेला भइनसकेको उनले बताएका छन् ।

'त्यो समय आउँदैछ, अहिले चाँहि भएको छैन । आउला भन्नेजस्तो लाग्छ मलाई,' अहिलेको राजनीतिक अवस्थाबारे तपाईंको के भूमिका हुन्छ भनी इमेज टेलिभिजनले सोधेको जिज्ञासामा उनले भने, 'भूमिकासँगको अन्तर्वार्तामा उनले भने, 'त्यो पनि उहाँहरु (राजनीतिक दलका नेता) हरुमा भर पर्दछ, चुप लागेर बस भन्छन् भने हामी चुप लागेर बस्छौं ।'

विवादमा पर्ने भयले राजनीतिक प्रसङ्गमा खुल्न नचाहेका पूर्व राजाले दरवारबाट हट्दा आफूलाई अन्याय भएको बताए । 'म पनि सर्वसाधारण हुँ, अदालतमा जाने अधिकार थियो,' उनले भने, 'मलाई सल्लाह पनि दिइएको थियो तर सरकारको मर्यादा राखेर अदालत गइनँ ।'

पूर्व राजाले राजसंस्थाले कहिल्यै पनि शक्ति नचाहेको दाबी गरे । 'राससंस्थाले कहिल्यै पनि पपुलारिटी चाहेको थिएन, यूनिटी मात्र खोजेको हो,' उनले भने । पूर्व राजाले हिन्दू राज्य र राजसंस्थाबारे सोचेर निर्णय गर्नुपर्ने बताउँदै ८० प्रतिशत जनताको मतलाई पन्छाउन नमिल्ने बताए ।

पूर्व राजाले भनेः

- जनआन्दोलनका बेला भएको सहमति धेरैलाई थाहा भइसकेको छ, मैले भनिरहनु पर्दैन ।

- हिन्दू राज्य र राजसंस्था हटाउँदा कसै कसैको मन त दुखेको छ ।

- म त सर्वसाधारण नेपाली हो । जनताको भावना बुझ्न होइन, सर्वसाधारण भएर जहिले पनि मन्दिरमा जान पाउँछ ।

- जनकपुरमा मैले सर्वसाधारणले यसो पनि भनेका छन् है भनेर सुनाएको कुरा भनेको थिए । कतिले दिवास्वप्न देख्यो कतिले धमिलो पानीमा माछा मार्‍यो भने । नेताहरुको बोल्नु अधिकार नै त सुन्ने कर्तव्य पनि हो ।

- अझै पनि जनताहरु मलाई छुनै चाहन्छन्, ढोग्नै चाहन्छन्, तर हामीले यस्तो कहिल्यै चाहेका छैनौं । नेपालगन्जमा पनि देखिहाल्नुभयो ।

- राजसंस्था फालिनुमा अरुलाई दोष देखाएर हुँदैन । कसैले (पारस र मेरो कारण) ले पनि भनेका छन् । दोष मैले लिनुपर्छ । अरुलाई पन्छाएर दोष देखाएर पन्छिने अवस्था छैन ।

- नागार्जुनमा केही पनि छैन । लोडसेडिङ तपाईंहरुले जस्तो भोगिरहेको छ । पानी, बत्ति केही छैन ।

- मेरो आफ्नै निर्मल निवासमा कर तिरेको छु । नातिनातिनीलाई त्यही राखेको छु ।

- धेरै ठाँउबाट बोलाइको छ । हेदै जाँउ । जनतामाझ जान पहिले पनि अप्ठ्यारो छैन अहिले पनि छैन ।

source:kantipur