आकाशमै विमानको ढोका खुल्यो :

जेष्ठ १२ - यात्रु लिएर उडेको तारा एयरलाइन्सको जहाजको ढोका आकाशमै खुलेपनि सुरक्षित अवतरण गरेपछि संभावित दुर्घटनाबाट जोगिएको छ । राराको ताल्चा विमानस्थलका लागि यात्रु लिएर उडेको जहाजको ढोका उडेको ५ मिनेट मै खुलेपछि वीरेन्द्रनगर विमानस्थलमै सुरक्षित अवतरण गरेको थियो ।
वीरेन्द्रनगर विमानस्थलबाट १८ जना यात्रु लिएर विहान १०:३२ वजे ताल्चा उडेको ढल्ब्ाहृ नम्बरको टुइनेटर जहाजको यात्रु ढोका आफै खुलेपछि उडेकै अवस्थामै एयरहोस्टेजले लगाएको तारा एयरलाइनस सुर्खेतले जनाएको छ । उडेको केही बेरमै सुरक्षित अवतरण गराइएको तर ढोका खुल्नुको कारण भने थाहा नभएको नागरिक उड्डयन प्रधिकरण सुर्खेतका प्रमुख श्रीहरि भट्टले बताएका छन् । उनले प्राविधिक कारणले ढोका खुलेको हुन सक्ने बताए ।

source:kantipur