नयाँ बेलायती विकास मन्त्रीको पहिलो रोजाई नेपाल :

काठमाडौं, जेष्ठ ११ - बेलायती अन्तराष्ट्रिय विकास मन्त्री एलन डनकन दुई दिने औपचारिक भ्रमणका लागि
बुधबार नेपाल आउँदै छन् ।
डिएफआइडीका नेपाल प्रतिनिधि सरह सानयानहुम्बइका अनुसार भ्रमणका क्रममा उनले बेलायती संस्थाहरुले यहाँ गरेको कार्यको अवलोकन गर्ने छ । हालै गठन भएको नयाँमन्त्रिपरिषदमा उनी विकासमन्त्री नियुक्त भएका हुन । मन्त्री भएपछि नेपाल भ्रमण उनको पहिलो रोजाईमा परेको हो ।
'मन्त्री भएपछि उनले आफ्नो पहिलो विदेश भ्रमण नेपाल छनौट गरेकोमा हामी धेरै खुशी छौं' सानहानले भने, 'यसले गर्दा नेपालको विकासमा थप सहयोग हुन्छ भन्नेमा विश्वस्त छौं ।'
भ्रमणका क्रममा उनले प्रधामन्त्री माधवकुमार नेपाल, परराष्ट्रमन्त्री सुजता कोइराला, माओवादी अध्यक्ष पुष्पकमल दाहाल र संविधानसभाका सदस्यहरुसँग भेटघाट गर्ने जनाइएको छ । साथै डिएफआइडी कार्यक्रम लागु भएका स्थान भोजपुर र विराटनगरको पनि उनले भ्रमण गर्ने छन् ।

source:kantipur