गिनिज बुक अफ दि वल्र्ड रेकडर््सको  टोलीले विश्वकै होचा किशोर धुल्लुबासकोट-६ बाग्लुङका १७ वषर्ीय खगेन्द्र  थापामगरलाई मेडल दिएको छ ।
टोलीले उनलाई १८ वर्ष पूरा भएपछि गिनिज बुकमा  नाम लेखाउन असोजमा बेलायतमै बोलाएको छ ।गिनिज बुकमा नाम लेखाउनका लागि खगेन्द्रले  १५४८९४ को दर्ता नम्बर पाएका छन् । बाबु रूपबहादुर र आमा धनमायाका जेठा  सन्तानका रूपमा ८ असोज ०४९ मा जन्मिएका खगेन्द्र असोजमा १८ वर्ष पुग्दै छन्  ।
इटालीको रोममा करिब डेढ महिनाको बसाइपछि  खगेन्द्र आइतबार स्वदेश फर्किएका छन् । केही समयअघि विश्वका होचा चीनका  पिङपिङको रोममा सुटिङका क्रममा मृत्यु भएपछि खगेन्द्रलाई रोममा युरो  टेलिभिजनले बोलाएको थियो । खगेन्द्रको नाम गिनिज बुकमा लेखाउने प्रक्रियाका  लागि युरो टेलिभिजनको विशेष सहयोगमा इटाली पुर्याइएको हो ।
खगेन्द्र थापामगर प्रतिष्ठानका अध्यक्ष  मीनबहादुर रानाले खगेन्द्रको प्रतिभाको कदर गर्दै गिनिज बुकको टोलीले  प्रतिभाको मेडलसमेत उनलाई दिएको बताए ।
source:nayapatrika