काठमाडौ, वैशाख १९ - कोटेश्वरमा आइतवार साँझ सामान्य झगडामा गोली चलाउँदा एक घाइते भएका छन् । गाली लागि घाइते भएका कोटेश्वरका सुशील प्रजापतिको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।
१९ बर्षीय प्रजापतिलाई कोटेश्वरकै २५ बर्षका निखिल सिंले गोली प्रहार गरेका हुन् । बानेश्वर बृत्तका प्रमुख डिएसपी गणेश ऐरका अनुसार बा३१प ४३०० नम्बरको कालो मोटरसाइकल चढेर आएर सिंले साँझ ८ बजेर १५ मिनेट जाँदा गोली प्रहार गरेको हो ।
गोली प्रहार गर्ने सिं सद्भावना (आनन्दीदेवी) का महिला विभाग प्रमुख कमिनी सिंको छोरा भएको प्रहरीले जनाएको छ । सिंको प्रजातपतिको साथीसंग यसअघि नै झगडा भएको र त्यही रीसमा गोली प्रहार गरेको बताइएको छ ।
प्रहरीले गोली चलाउने सिंको घर पत्तालगाएर खनतलासी गर्दा नभेटिएपछि तस्विर ल्याएर खोजी कार्य गरिरहेको जनाएको छ ।
source:kantipur