कायरो, ११ जेठ ,अरब क्षेत्रमा सामाजिक सञ्जाल वेबसाइट फेसबुक चलाउनेको संख्या अखबार पढ्नेको भन्दा
बढी रहेको एक ताजा र्सर्वेक्षणले देखाएको छ । दबईस्थित स्पट अन पब्लिक रिलेसन्स कम्पनीले गरेको र्सर्वेक्षणले अरब क्षेत्रमा मात्रै फेसबुक चलाउनेको संख्या डेढ करोड पुगेको देखाएको छ ।
र्सर्वेक्षणले अरब मुलुकमा इन्टरनेटको माध्यमबाट सामाजिक सम्बन्ध बढाउन मद्दत गर्ने वेबसाइट लोकप्रिय रहेको देखाएको छ ।
स्पट अन पब्लिक रिलेसन्सले गरेको अध्ययनबाट निस्किएको तथ्यले अरब मुलुकमा जानकारी बाँड्ने र कुराकानी गर्ने नयाँ तरिका चर्चित हुन थालेको छ ।
मिश्र -इजिप्ट) मा मात्र करिब ३५ लाख मानिस फेसबुक चलाउँछन्, जुन त्यहाँको सबैभन्दा बढी बिक्ने अखबारको प्रतिको संख्याभन्दा धेरै बढी हो ।
रूढिवादी विचारधारा राख्ने साउदी अरेबियामा पनि फेसबुक मोह ज्यादा छ । फेसबुक चलाउनमा मिश्रपछि साउदी अरेबिया अगाडि छ । त्यसैगरी, संयुक्त अरब इमिरेट्समा पनि एक-तिहाइ जनता फेसबुक चलाउँछन् ।
राजनीतिक विचारहरूमाथि खुलेर अभिव्यक्ति दिन नसकिने यो क्षेत्रमा स्वेच्छिक अभिव्यक्ति दिने राम्रो विकल्पका रूपमा फेसबुक विकास भएको छ ।
अरब क्षेत्रमा अंग्रेजी र प|mेन्च भाषामा छापिने कुल अखबारको संख्या एक करोड ४० लाखभन्दा कम छ ।
source:rajdh