काठमाडौ, जेष्ठ १२ - प्रधानमन्त्री माधवकुमार नेपालले संविधानसभाको म्याद थप्ने बिषयलाई 'ब्ल्याकमेलिङ '
नगर्न आग्रह गरेका छन् ।
नेपाल प्रज्ञा प्रतिष्ठानको २४ औ प्राज्ञसभाको उदघाटन गर्दै उनले बुधबार शान्ति र संविधानलाई टुंगोमा पुर्याउन सरकार प्रतिबद्ध रहेको दोहोर्याउदै म्याद थप्ने बिषयलाई 'ब्ल्याकमेलिङ ' नगर्न आग्रह गरेका हुन् ।
'संविधानसभाको म्याद थपलाई ब्ल्याकमेलिङको बिषय नबनाउनुस', उनले भने, 'शान्ति प्रकृयालाई टुंगोमा पुर्याएर नयाँ संविधान जारी गर्न सरकार प्रतिबद्ध छ ।' माओवादीले राष्ट्रिय सरकारको सुनिश्चित भएपछि मात्रै संविधानसभाको म्याद थप्न सकिने बताइरहेको बेला प्रधानमन्त्रीको यस्तो भनाइ आएको हो ।
उनले भाषा साहित्यलाई विकास गर्न सरकार प्रतिबद्ध रहेको भन्दै अग्रगामी रुपान्तरणको भूमिका खेल्न सरकार कृयाशील रहेको पनि बताए ।
source:kantipur