धरान, अषाढ १२ - सुनसरीको पञ्चकन्या-५ का ६६ बषिर्य प्रेम लिम्बुले आफ्नी छोरी जिस्काउने युवकलाई खुकरीले छप्काएका छन् । त्यति मात्र होइन,
युवकलाई खुकुरी प्रहार गरेपछि उनी आफै प्रहरीमा आएर कारवाहीको माग गरेका छन् ।
सुरुमा धरानस्थित वडा प्रहरी कार्यालयका प्रहरी इन्चार्ज विजय राईले उनको कुरा पत्याएनन् । तर, लिम्बुको कुरा सही थियो उनले आफ्नै गाउँमा संजय राईलाई छोरी जिस्काएको भन्दै हत्या गरेको पुष्टी भएको छ ।
लिम्बुले भने, 'मेरो छोरी लाई जिस्काउदा संजयलाई संझाएँ । तर, उस्ले उल्टै मलाई बुढो भनेर हेप्दै जिस्काउन छाडेन । मेरो मान मर्यादा समेत नराखी जिस्काउन थाले पछि हात हालाहाल पनि भयो । उस्ले मलाई कुट्यो । मेरो घरमा तोडफोड गर्यो ।'
शनिबार साँझ विवाद बढ्दै गएपछि कुटाकुट भएको र संजयले कुट्न नछाडेपछि आफुले पनि खुकुरी निकालेर घाटी र टाउकोमा प्रहार गरेको लिम्बुले बताएका छन् । उनले भने, 'मकै बारीमा खेदाखेद हँुदा खुकुरीले हानें । लडिरहेको थियो, मर्यो होला साव ।'
खुकुरी प्रहारबाट गम्भीर घाइते भएका संजयको विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार गर्दा गर्दै मृत्यु भएको प्रहरीले जनाएको छ । लिम्बुलाई कर्तव्य ज्यान मुद्दा लगाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
source:kantipur