साओपाउलो- ब्राजिली फुटबलका महान् हस्ती पेलेले अन्य काम नहुँदा पैसाका कारण मात्र डिएगो म्याराडोनाले राष्ट्रिय टिम प्रशिक्षकमा काम गरेको भन्दै उनको आलोचना गरेका छन्।
विश्व फुटबल इतिहासकै सबैभन्दा उत्कृष्ट मानिने यी दुई खेलाडी पेले र म्याराडोना अक्सर मौखिक विवादमा उत्रिने गरेका छन्। यसैको निरन्तरताका रूपमा पेलेले फेरि म्याराडोनासँगको मौखिक युद्ध सुरु गरेका हुन्। ब्राजिली संचारमाध्यमले प्रशिक्षकका रूपमा म्याराडोनाको विश्वकप यात्राबारे सोध्दा पेलेले म्याराडोना काम नभएका बेला पैसाको अभाव भएपछि प्रशिक्षक बनेको प्रतिक्रिया दिए।
‘केही कुरा मेले बुझ्न सकेको छैन। जब उनले २००५ मा पहिलो पटक टेलिभिजनमा कार्यक्रम चलाउन थालेका थिए। उनले त्यहाँबाट सहयोगको याचना गरे। म ब्युनर्स आयर्स गएर उनीसँग फुटबल खेलेर सहयोग गरेँ,' म्याराडोनाले आफूलाई कालो भलादमी भनेको जवाफमा पेलेले भने, ‘मैले उनलाई विभिन्न रूपबाट सहयोगको प्रयास थालें। उनले दक्षिण अफ्रिकामा पनि मलाई सम्झिइरहेका हुनुपर्छ। उनले मलाई माया गर्नुपर्छ।'
ब्राजिलका पूर्व खेलकुदमन्त्री पेलेले कहिल्यै राष्ट्रिय टोलीको प्रशिक्षक बन्ने धोको आफूसँग नभएको बताए। २००८ को नोभेम्बरमा अर्जेन्टिनी प्रशिक्षकका रूपमा नियुक्ति लिएका म्याराडोनालाई व्यंग्य गर्दै उनले भने, ‘म डुंगाझै आफूलाई दुःख दिन चाहन्नँ। त्यसैले म कहिल्यै पनि ब्राजिलको प्रशिक्षक हुने छैन। म्याराडोनालाई काम र पैसा आवश्यक थियो, त्यसैले उनले यो काम गरेका हुन्। अर्जेन्टिना विश्वकपका लागि कठिनपूर्वक छनोट भएको मैले देखेको छु। तर यो म्याराडोनाको दोष होइन। यो त उनलाई यस्तो जिम्मेवारी दिनेको दोष हो।'
यसै वर्षको पूर्वार्द्धमा पेलेले म्याराडोनालाई नियुक्त गरेकोमा अर्जेन्टिनी फुटबल संघका अध्यक्ष जुलियो ग्रोन्डोनाको चर्को आलोचना गरेका थिए। थोरै प्रशिक्षणको अनुभव भएका हिंसात्मक स्वभावको मानिसलाई यस्तो जिम्मेवारी दिइएको भन्दै पेलेले ग्रोन्डोनाको आलोचना गरेका थिए।
source:nagarik