काठमाडौ, अषाढ २४ - डा. भक्तमान श्रेष्ठलाई अपहरण गर्नेमध्येका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) देवेन्द्र सुवेदीको नेतृत्वमा खटिएको टोलीले लामो अनुसन्धानपछि
ती दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ परेकामध्ये एक नेपाली र एक भारतीय नागरिक भएको जानकारी स्रोतले दियो । प्रहरीले उनीहरुबारे बिस्तृत तथ्य केही दिनभित्रै र्सार्वजनिक गर्ने जनाएको छ । अनुसन्धान विभागका एआइजी प्रकाश कुवरको नेतृत्वमा गठित टोलीले गरेको अनुसन्धान अपुरो भएपछि प्रहरी प्रधान कार्यालयले यसअघि अपराध महाशाखामा काम गरिसकेको एसएसपी सुवेदीको नेतृत्वमा अनुसन्धान टोली गठन गरेको थियो ।
प्रहरीले ती दुई जनालाई पक्राउ गरेको सूचना डा श्रेष्ठ र गृह मन्त्रालयमा समेत औपचारिक जानकारी गराइसकेको स्रोतले बतायो । अपहरणकारी पक्राउ गरेकोमा गृहले खुसी व्यक्त गरेको छ । अपहरणकारीले रिहा गर्नुअघि प्रहरी वा अन्य कुनै निकायलाई सूचना दिई खोजी गर्न लगाए ज्यान मार्ने धम्की दिएको भन्दै पक्राउप्रति डा. श्रेष्ठ भने दुःखी भभएको स्रोतको भनाई छ ।
परिवारका एक सदस्यले भने, 'अपहरणमा संलग्न सबैलाई पक्राउ गरेको भए खुशी हुनेथियौ, केहीलाई मात्रै पक्राउ गरेका कारण हामीलाई झनै थ्रेट होला कि भन्ने चिन्ता छ ।'
पक्राउ परेका व्याक्ति र अनुसन्धानबारे प्रहरी मुख्यालयले बिहिवार अपरान्ह पत्रकार सम्मेलन गरी विस्तृत विवरण र्सार्वजनिक गर्ने भएको छ । अनुसन्धान विभागका एआईजी प्रकाश कुँवरले गर्ने भनिएको सम्मेलनमा प्रहरी महानिरिक्षक रमेश चन्द ठकुरीले पनि घटनाबारे जानकारी गराउने जनाइएको छ ।
डा. श्रेष्ठ विपि कोइराला मेमोरियर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक हुन । जेठ ४ गते राती अस्पतालबाट घर र्फकदै गर्दा अपहरणमा परेका उनलाई १९ दिन बन्धक बनाइएको थियो । अपहरणकारीलाई आफन्तले एक करोड दश लाख रुपैया बराबरका सुन भारतको लखनउ नजिकै बुझाएपछि उनी रिहा भएका थिए ।
source:kantipur