काठमाडौं, श्रावण ५ - प्रधानमन्त्री निर्वाचनका लागि व्यवस्थापिका संसदको बैठक भइरहेका बेला नेकपा मालेकी
सभासद शारदा नेपालीले बुधबार विष सेवन गरेकी छन् ।
उनको अहिले शिक्षण अस्पताल महाराजगन्जमा उपचार भइरहेको छ । ४७ वर्षिय सभासद नेपालीका २ छोरा ४ छोरी छन् । नेपाली बर्दियाबाट समानुपातिकतर्फकी सभासद हुन् ।
मालेले एमाले अध्यक्ष झलनाथ खनालको पक्षमा मत दिन आफ्ना सभासदलाई ह्वीप जारी गरेको थियो । मालेका ९ सभासद छन् ।
source:kantipur