कलैया, असार २४- खासगरी गणित र अन्य विषयमा पूर्णाङ्क र त्यसको वरिपरि नम्बर आउनु सामान्य भए पनि
नेपाली, अङ्ग्रेजी, सामाजिक जस्ता विषयमा यति धेरै नम्बर आउनु प्राय: असम्भव नै ठानिन्छ। तर एक साताअघि मात्र सार्वजनिक गरिएको एसएलसी परीक्षामा अङ्ग्रेजीमा अमरदीप केशरीले ९८ अङ्क ल्याएका छन्।
उनी कलैयास्थित भरतबाबा सेकेण्डरी विद्यालयका छात्र हुन। अङ्ग्रेजी विषयमा यो नै सबैभन्दा बढी अङ्क भएको दाबी उक्त विद्यालयका प्रधानाध्यापक रवीन्द्र थापाको छ।
यो विद्यालयबाट एसएलसी परीक्षामा ५० जना छात्र-छात्रा सहभागी थिए।
जसमा ३४ जनाले विशिष्ठ श्रेणी र १६ जना प्रथम श्रेणीमा उत्तीर्ण भएका छन्। अमरदीप केशरीले भने ९१.५ प्रतिशत अङ्क ल्याएका छन्।
source:nagarik