धरान, श्रावण १५ - इलामको बाँझो पञ्चमीस्थित प्रहरी चौकीमा आक्रमण गरी हतियार लुटेको लिम्बुवान स्टेट
फोर्स नामक एक संगठनले दावी गरेको छ । उक्त स्थान सदरमुकामबाट दुइ दिनको पैदल बाटोमा पर्ने हुंदा घट्नाबारे पुष्टी हुन सकेको छैन ।
फोर्सको सैन्य प्रबक्ता भन्दै खाम्वक्सा नाम बताउने एक व्यक्तिले यस संवाददातालाई टेलिफोन गरि शनिबार दिउँसो ५ बजे चौकीमा आक्रमण गरिएको बताएका हुन् ।
उनले दुइ थान थ्रिनटथ्रि राइफल, एउटा रेडियो सेट र एउटा माउजर लुटेको दावी गरे । तर, मानवीय क्षती भने नभएको दावी गरेको छ ।
'हामीले लिम्बुवान मुक्तिका लागि विद्रोह सुरु गरेका छौं' उनले टेलिफोनमा भने ।
source:kantipur