माओवादी र कांग्रेस बहुमत जुटाउने कसरतमा :

काठमाडौ, श्रावण ३ - माओवादी र कांग्रेसले आ-आफ्नो नेतृत्वमा सरकार गठनका निम्ति बहुमत जुटाउने
कसरत तीव्र पारेका छन् ।
माओवादीले साना १० र मधेसवादी चार दलसँग छलफल गरेको छ भने कांग्रेसले पनि आधा दर्जन दलसँग आइतबार वार्ता गरेको छ । कांग्रेसले मधेसवादी चार दल, राप्रपा, नेपाल मजदुर किसान पार्टीले एमाले नेता केपी ओलीसँग वार्ता गरेको हो ।
वार्ता क्रममा माओवादीलाई साना १० दलले र्समर्थन गर्ने जनाएका थिए भने मधेसवादी चार दलले मुद्दा सम्बोधन भएमा र्समर्थन गर्न सकिने जवाफ दिएका थिए ।
उता, कांग्रेसले सघाउन गरेको आग्रहमा मधेसवादी चार दल र राप्रपाले छलफलपछि मात्र निर्णय दिन सकिने बताएका थिए नेमकिपाले नीति र कार्यक्रमका आधारमा टुंगोमा पुग्ने जानकारी गराएको थियो । ओलीले भने कांग्रेसलाई सघाउने आश्वासन दिएका थिए ।
सहमतीय सरकार निर्माणको सम्भावना टुटेपछि कांग्रेसले वर्तमान गठबन्धनमा मधेसी जनअधिकार फोरमलाई समेत सहभागी गराएर नेतृत्व लिने प्रयास गरे पनि एमाले अध्यक्ष झलनाथ खनाल स्वयं प्रधानमन्त्रीका आकांक्षी देखिएपछि गठबन्धन एकढिक्का हुनेमा आशंका उब्जिएको छ ।
कांग्रेसले अन्य दलसँग गरेको वार्तामा कार्यवाहक सभापति सुशील कोइराला, संसदीय दलका नेता तथा प्रधानमन्त्रीका उम्मेदवार रामचन्द्र पौडेल, उपसभापति गोपालमान श्रेष्ठलगायत जुटेका थिए । कांग्रेस संसदीय दलमा मधेसवादी चार दलसँग संयुक्त र लगत्तै राप्रपा नेता पशुपतिशमशेर राणास“ग वार्ता भएको थियो । वार्तामा अहिलेको गठबन्धनमा मधेसी जनअधिकार फोरम समेतलाई सामेल गर्राई बलियो मोर्चा बनाउनुपर्ने भन्दै कोइरालाले कांग्रेस नेतृत्वको सरकार गठनमा सहयोग गर्न आग्रह गरेका थिए । प्रवक्ता अर्जुननरसिंह केसीले आन्तरिक छलफलपछि औपचारिक निर्णय दिने मधेसवादी दलहरूले जवाफ दिएको बताए । 'कांग्रेसले सहयोगको आग्रह गरेको छ, पार्टीले छलफल गरेर निर्णय लिनेछ,' वार्तापछि राप्रपा अध्यक्ष राणाले भने ।
पौडेलले बालकोटस्थित निवासमा ओलीसँग वार्ता गरेका थिए । भेटमा ओलीले कांग्रेस नेतृत्वलाई सघाउनेमा आश्वस्त पार्दै खनालको नेतृत्वमा सरकार बन्न नसक्नेसमेत बताएका थिए । त्यस्तै नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छेसँग पनि भक्तपुरमै गएर पौडेलले भेटेका थिए । पौडेलसँग भेटपछि बिजुक्छेले भने, 'र्समर्थन गर्न आग्रह गर्नुभयो, त्यसका लागि नीति तथा कार्यक्रम माग्यौं, कार्यक्रम नभएकाले बचन दिन सकेनौं ।'

source:kantipur