प्रधानमन्त्रीको निर्वाचन साउन ५ मा :

काठमाडौं, असार २९ - नयाँ प्रधानमन्त्री चयनका लागि साउन ५ गते संसदमा मतदान हुने भएको छ। सहमतिको सरकार बनाउन राष्ट्रपतिले दिएको
म्याद सोमबार सकिएपछि मंगलबार बहुमतीय सरकार चयनको मिति तोकिएको हो। कार्य व्यवस्था परामर्श समितिको मंगलबारको बैठकले साउन ४ गते प्रधानमन्त्रीको नाम प्रस्ताव दर्ता र ५ गते ११ बजे प्रधानमन्त्रीको चुनाव गर्ने तय गरेको छ।

'साउन ५ गते प्रधानमन्त्रीको निर्वाचन गर्ने निर्णय भएको छ' बैठकपछि संवाददातासँग कुरा गर्दै कानुनमन्त्री प्रेमबहादुर मन्त्री सिंहले भने।

संसदको बैठकमा सम्बन्धी पत्र सभामुखले पढेर सुनाएका छन्। पत्र पढेर सुनाएपछि आजका लागि संसद बैठक स्थगित भएको छ। अब प्रधानमन्त्री चयनका लागि असार ५ गते ११ बजे संसद बैठक बस्नेछ।

राष्ट्रिय सहमतिको सरकार गठनका लागि राष्ट्रपति रामवरण यादवले दुई पटक समय प्रदान गरे पनि दलहरु त्यसमा असफल भएका थिए। सहमतिको सरकार गठन हुन नसकेपछि अन्तरिम संविधानको धारा ३८ को उपधारा २ बमोजिम बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री चयन गरिन लागिएको हो।

source:nagarik