युरोपबाहिर भएको विश्वकपको उपाधि युरोपेली टिमले जित्न नसकेको अहिलेसम्मको इतिहास यस पटक तोडिने संभावना बढेको छ। अन्तिम चारमा पुग्न सफल टिम मध्ये तीन टिम युरोपका रहेका छन् भने दक्षिण अमेरिकाको प्रतिनिधित्व एउटा टिमले मात्र गरिरहेको छ।
एउटा सेमी फाइनल बुधबार युरोपेली टिमहरु स्पेन र जर्मनीबीच हुँदैछ। अर्को खेल मंगलबार राति दक्षिण अमेरिकी प्रतिनिधि उरुग्वे र युरोपेली पावर हाउस नेदरल्यान्डसबीच हुनेछ।source:nagarik