खनालको उम्मेदवारी फिर्ता/पुन: निर्वाचन शुक्रबार :

एमाले नेता माधव नेपालद्धारा एमाले अध्यक्ष झलनाथ खनालको उम्मेवारी प्रस्ताव फिर्ता लिएका छन् । पार्टीको निर्णय अनुसार ४०१ को
दुई तिहाइ बहुमतको लिखित प्रतिबद्धता प्राप्त नभएकाले प्रस्ताव फिर्ता लिएको जानकारी । यसअघिका दुई उम्मेदवारले बहुमत प्राप्त गर्न नसकेकाले पुन: निर्वाचन शुक्रबार दिउसो १ बजे हुने । यसअघि माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र काँग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेल दुवैले बहुमत ल्याउन सकेका थिएनन् । मतविभाजनमा पौडेलको पक्षमा १ सय २४ विपक्षमा २ सय ३५ र तटस्ट २ सय २८ मत परेको थियोभने माओवादी अध्यक्ष पुष्पकमल दाहालको पक्षमा २ सय ४२, विपक्षमा १ सय १४ र तटस्थमा २ सय ३६ मत परेको थियो । दाहालकामा भन्दा पौडेलकोमा ५ जना थप सांसद निर्वाचन प्रकृयामा भाग लिएका थिए ।

source:kantipur