'कसैले बहुमत नल्याए यस्तो हुन्छ' :

काठमाडौ, श्रावण ५ - प्रधानमन्त्रीको जारी निर्वाचनमा कुनै पनि दलका उम्मेदवारले स्पष्ट बहुमत पाउने संभावना
क्षीण हुदै गएको छ । तीनै जनाले स्पष्ट बहुमत नल्याएको खण्डमा संविधानसभा व्यबस्थापिका-संसदको कार्य सञ्चालन नियमावलीले यस्तो व्यवस्था गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल पराजित भइसकेका छन् । काँग्रेस उपसभापति रामचन्द्र पौडेल र एमालेका अध्यक्ष झलनाथ खनाल प्रतिस्पर्धामा छन् ।
परिच्छेद ४ नियम ७ बुंदा ८ उपनियम ३ ले यस्तो व्यवस्था गरेको छ:-  
नियमावलीको (८) उपनियम (३) बमोजिम प्रध्रधानमन्त्री पदमा निर्वाचित गरियोस् भनी प्राप्त प्रस्ताव माथि व्यवस्थापिका-संसदको निर्णय मतविभाजनद्वारा हुने । प्रधानमन्त्रीको निर्वाचनको लागि निर्धारित दिनको बैठकमा निर्णयार्थ प्रस्तुत भएका कुनै पनि प्रस्ताव संविधानको धारा ३८ को उपधारा (२) बमोजिम प्रfप्त गर्नु पर्ने बहुमतबाट पारित हुन नसकेमा सभामुखले सबै प्रस्तावलाई पुनः निर्णयार्थ प्रस्तुत गर्ने प्रयोजनको लागि अर्को बैठक बोलाउनु पर्नेछ । यस उपनियम बमोजिमको प्रक्रिया कुनै प्रस्ताव संविधानको धारा ३८ को उपधारा (२) बमोजिम प्राप्त गर्नुपर्ने बहुमतबाट पारित नभएसम्म जारी रहनेछ ।

source:kantipur