जोहानसबर्ग, असार १९ (एपी)- विश्व फुटबल महासंघ (फिफा) ले स्पेनसँगको  हारपछि मैदान छोड्ने क्रममा 
देखाएको व्यवहारका कारण पोर्चुगलका कप्तान  क्रिस्टियानो रोनाल्डो कुनै कारवाही गर्नु नपर्ने जनाएको छ।       फिफाको अनुशासन कमिटीले रोनाल्डोलाई कारवाही गर्नुपर्ने कारण नदेखिएको  बताएको छ। हारपछि मैदान बाहिरिँदै गरेको रोनाल्डोलाई क्यामराम्यानहरूले  पछ्याइरहेका थिए। पूर्व फिफा वर्ष खेलाडी रोनाल्डोले थुक्दा क्यामराम्यानको  खुट्टा नजिक परेको थियो। अनुशासन कमिटीसँग उनीलाई चेतावनी दिने, जरिवाना  गर्ने वा खेलमा प्रतिबन्ध लगाउन सक्ने प्रावधान छ।
source:nagarik