एमआरपी छपाई ओबरथरलाई :

काठमाडौं, अषाढ २२ - विभिन्न विवादका वाबुज अन्तः परराष्ट्र मन्त्रालयले मेसिन रिडेवल पासपोर्ट एमआरपी छपाइका लागि फ्रान्सेली कम्पनी
ओबरथरलाई ठेक्का दिएको छ । शिष्टाचार महापाल मुक्तिनाथ भट्टले मंगलबार परराष्ट्र सचिव मदनकुमार भट्टराइलाई प्रतिवेदन पेश गरेका थिए । केही महिनाअघि महापाल भट्टको संयोजकत्वमा ठेक्का मुल्याङकन समिमि गठन भएको थियो । समितिले सबै भन्दा न्युन मूल्यमा एमआरपी बुक उपलब्ध गराउन ओवरथरलाई ठेक्का दिने निर्णय गरेको परराष्ट्र स्रोतले जानकारी कान्तिपुरलाई बतायो ।
चार वटा कम्पनीले प्रस्ताव बुझाएका थिए । ओवरथरले प्रति पासपोर्ट ३.५९ अमेरिकी डलर दरमा एमआरपी छाप्ने प्रस्ताव गरेको थियो।   विहीबार टेन्डर खोलिएको थियो ।

source:kantipur