लिवियामा १२ नेपाली वन्दी :

श्रावण २५ - अफ्रिकी मुलुक लिवियामा १२ नेपाली वन्दी वनाइएका छन् ।  ५ महिनाअघि वैदेशिक रोजगारीका लागि
त्यहा पुगेका उनीहरुलाई ५ दिनदेखि वन्दी वनाइएको हो ।
झापा वुधवारे ३ का रितु भट्टराईले गत शुक्रवारदेखि आफूहरुलाई वन्दी वनाइएको टेलिफोनवाट कान्तिपुरलाई जानकारी दिएकी छिन् । उनीसंगै शनिश्चरे झापाका देवराज मेचे, विर्तामोडका अमर वारकोटी र धुलावारीका टंक सुवेदीलगायत वन्दी वनाइएको छ । अन्यको नाम खुल्न सकेको छैन् । उनीहरु ५ दिन देखि भोकै छन् ।
सेक्युरिटी गार्डका लागि गत चैतमा उनीहरु झापाको विर्तामोडस्थित सपोर्ट म्यानपावर मार्फत त्यहा पुगेका हुन् । प्रतिव्यक्ति २ लाख रुपैया खर्चिएर त्यहा पुगेका उनीहरुलाई मासिक साढे ७ सय रुपैया तलव दिइने बताइएको थियो । तर कम्पनीले ४ सय भन्दा एक रुपैया पनि ज्यादा नदिने बताउदै आएको र गत शुक्रवारदेखि कामैवाट निकालेको पीडितले जानकारी दिएका छन् ।

source:kantipur