माओवादीले सभासद किन्न ५ करोड खर्च गर्‍योः ओली :

श्रावण २५ - एमाले नेता केपी ओलीले प्रधानमन्त्रीको चुनावमा माओवादीले सभासद खरिद गर्न ५ करोड
खर्च गरेको दावी गरेका छन् ।
'सीपी मैनालीको पार्टी फुटाउन उसले ५ करो खर्चिएको छ', एमालेका प्रभावशाली नेता ओलीले भने,'सर्वहारा पार्टीले पूजीपति पार्टीका सभासद खरिद गर्ने काम भइरहेको छ ।'
विद्यालय निरीक्षणका लागि हाल झापामा रहेका ओलीले एमाले कार्यकर्तासंगको एक भेटघाटमा माओवादीको नेतृत्वमा सरकार वन्न नसक्ने पुरानो अडान दोहोर्याएका छन् । 'उसको -माओवादी­­­) नेतृत्व कुनै पनि हालतमा स्वीकार्य हुदैन, ' माओवादीप्रति लक्षित गर्दै ओलीले भने,'नागरिक पार्टी नभएसम्म उसलाई नेतृत्व दिन सकिदैन । ' उनले विगतका सहमति कार्यान्वयन गरे नेतृत्वका लागि सोच्न सकिने ओलीको कथन थियो । 'हिंसाको वाटो, सत्ता कव्जा, हतियार मोह र लडाकु नछाडेसम्म  नेतृत्व दिन मिल्दैन ', सधैझै माओवादी प्रति कडा रुपमा प्रस्तुत भएका ओलीले भने, 'हाम्रो वटम लाइन यही हो । '
माओवादीलाई मुखुण्डोधारी पार्टीको संज्ञा दिदै उनले हतियार नछाडेसम्म सत्ता पाउने दिवास्वप्न त्याग्न आग्रह गरे । माओवादीले लडाकु भर्ती गर्ने वताइरहेका वेला नेता ओलीले भर्ति गरेर देखाउन चुनौती दिए । उनले भने, ' हिम्मत छ भने भर्ति गरेर देखाओस । '
एक अर्को प्रसंगमा ओलीले वुधवार वस्ने पार्टीको केन्द्रीय कमिटी वैठकले प्रधानमन्त्रीका विषयमा ठोस निर्णय गर्ने बताएका छन् । वैठकले कांग्रेसलाई  सघाउने निर्णय हुन सक्ने संकेत उनले गरे । ओलीले झापाको धाइजनस्थित वलभद्र जनता उच्च मावि र वाहुनडागीको मेची जनसाधारण माविको अवलोकन भ्रमण गरेका छन् । उनले सोमवार (आज ) घैलाडुव्वालगायतको वाढी प्रभावित क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ ।

source:kantipur