चिताबाट उठाएर पोस्टमार्टम :

जलाउनका लागि चित्तामा सुताएर दाग बत्ती दिइसकेको लाश उठाएर
नुवाकोट जिल्लामा पोस्टमार्टमका लागि अस्पताल पुर्याइएको छ।

सुत्केरी भएको १९ दिनमा मृत्यु भएकी विदुर नगरपालिका-६ इनारपाटीका शान्ती श्रेष्ठको लाश चित्तामा दागबत्ती दिई सकेपछि पोस्टमार्टमका लागि जिल्ला अस्पताल त्रिशूली लगिएको हो। २० वर्षीया श्रेष्ठले छोरी जन्माएकी थिइन्। सुत्केरी अवस्थामा नै भएको मृत्युपछि परिवारले लाश जलाउनका लागि घाटमा पुर्याएका थिए। गाउँलेहरुले भने उनको मृत्युमा शंका गरेपछि घाटमा प्रहरी बोलाएका थिए। प्रहरीले चित्ताबाट उठाएर शुक्रबार पोस्टमार्टमका लागि अस्पताल लगेको छ। रिपोर्ट आउन भने बाँकी रहेको छ।

source:samacharpatra