कास्की-, भाद्र ६ - लेखनाथ नगरपालिकाको तल्लो गगन गौडामा आइतबार दिउँसो गोली
चलेको छ । दुईवटा मोटरसाईकलमा आएका चार जना यवाले कम्तिमा आठ राउन्ड गोली चलाएर फरार भएको स्थानियले बताएका छन् ।
घटनामा कुनै मानिवीय क्षति भने पुगेको छैन । फायरिङ लगत्तै उनीहरु मोटरसाइकल चढेर तनहुको दुलेगौडातिर लागेकेा प्रत्यक्षदर्शीले बताए । लेखनाथको मसिनेघाटमा गिट्टी बालुका निकाल्ने विषयमा आव्हान गरिएको टेण्डर विषयमा विषयमा विवाद हुदा असन्तुष्ट पक्षले गोली चलेकेा आंश्ाका गरिएको छ ।
लेखनाथ नगरपालिका वडानम्बर १२, तल्लो गगनगौडाचोकमा आज दिउसो गोली चलेको छ । गोली चलेपछि स्थानिय बासी त्रसित बनेका छन् । घटनमा संलग्नहरुकेा खोजी कार्य तिब्र पारिएको प्रहृरीले जनाएको छ ।
source:kantipur