सर्वहराले पूँजीवादीका सांसद किनेः ओली :

काठमाडौ, श्रावण २२ - एमाले नेता केपी ओलीले सर्वहारालेपूँजीवादी पार्टीका सांसदलाई करोडौं रुपैया खर्च गरेर
प्रधानमन्त्रीको निर्वाचन खरिद गरेको आरोप  लगाएका छन् ।
राजाधानीमा शनिबार आयोजित एक कार्यक्रममा नेता ओलीले माओवादी पार्टीले प्रधानमन्त्रीको निर्वाचनमा सांसद करोडौं रुपैयाको चलखेल गरेको दाबी गरे । 'सर्वहराले पूजीवादीका सांसद खरिद गर्छ कस्तो अचम्म' उने भने ।
राष्ट्रिय सहमतीय सरकारको पक्षमा उभिदै आएका आफ्नै पार्टीका अध्यक्ष झलनाथ खनाललाई इंगित गर्दै उनले सहमती गर्ने वेला भित्र लुकेको आरोप  लगाए । 'कहां गए राष्ट्रिय सहमतीको वकालत गर्नेहरु' उनले भने, 'समय आउँदा भित्र लुकेर बस्ने हो ।' 

source:kantipur