तान्जानियाद्वारा नेपाललाई क्रिकेटको पाठ :

काठमाडौं/ ब्याट्सम्यानले फेरि पनि अन्तर्राष्ट्रिय क्रिकेटमा बिर्सनलायक ब्याटिङ गरेपछि आइसिसी डिभिजन-४ अन्तर्गत मंगलबार भएको खेलमा नेपालले तान्जानियासँग ९ रनको हार बेहोरेको छ । १ सय १८ रनको सहज लक्ष्य पछ्याएको नेपाल ४४ ओभर १ बलमा १ सय ८ रनमा धराशयी भयो । इटालीको बोलोन्गा मैदानमा नेपाल तान्जानियाविरुद्ध पहिलोपटक भिडेको थियो । पहिलो भेटमै तान्जानियासँग हारेपछि नेपालको डिभिजन-३ को बाटो कठिन बनेको छ । नेपालले अब कायमनसँग प्रतिस्पर्धा गर्नेछ ।
सो खेलमा नेपालले गर या मरको स्थितिमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । समूहको दोस्रो खेल सकिँदा अमेरिका शतप्रतिशत नतिजा निकाल्ने टोली बन्यो । अमेरिकाले दोस्रो खेलमा कायमनलाई नौ विकेटले हरायो । कायमन, तान्जानिया, आयोजक इटाली र नेपालले समान हार र जित निकालेका छन् । सबै टोलीले तालिकामा समान २-२ अंक चढाएका छन् । नेपालले सुरुवातदेखि कमजोर ब्याटिङ गर्‍यो । प्रशिक्षक रोयलुक डायस तथा कप्तान पारस खड्काले ओपनरमा परिवर्तन गर्दै महेबुब आलमलाई अनिल मण्डलको जोडीका रूपमा पठाएका थिए ।
नेटरनमा कमजोर भएकाले मेहबुबलाई शीर्ष स्थानमा ब्याटिङ गर्न मौका दिएको हो । तर, इनिङको चौथो बलमै नेपालले पहिलो झट्काका रूपमा मण्डलको विकेट गुमायो । त्यसको अर्को ओभरमा मेहबुबको विकेट पनि गुम्यो । धर्ममराएको ब्याटिङ पारीमा कप्तान पारस र ज्ञानेन्द्र मल्लबीच तेस्रो विकेटका लागि ३७ रनको साझेदारी भयो । रेहटुल्लाको ओभरमा आउट हुनुअघि पारसले २४ रनको योगदान दिए । उनले ३८ बलमा दुई चौका प्रहार गरे । कप्तान पारसलाई गुमाउँदा नेपाल ४१-३ को अवस्थामा रह्यो । त्यसपछि नेपाल स्कोरबोर्डमा थप आठ रन जोड्दा ४९-५ को स्थितिमा पुग्यो ।
ज्ञानेन्द्रले विकेटकिपर महेश क्षेत्रीसँग छैटौँ विकेटका लागि ३६ रनको साझेदारी गर्दै नेपाललाई जितको आशा दिलाएका थिए । तर, नासोरोले ज्ञानेन्द्रको विकेट लिएपछि नेपाल बिस्तारै हारको बाटोतर्फ लम्कियो । इनिङमा सर्वाधिक ४१ रन बनाएका ज्ञानेन्द्रले ९० बलको सामना गरी तीन चौका हिर्काए । तान्जानियाका सिमरको सामना गर्न नसेको नेपाली टोलीका लागि महेशले अन्त्यतिर १६ रनको पारी खेले । किसेटोले राहुल विश्वकर्माको विकेट लिँदै आफ्नो टोलीलाई अविस्मरणीय जित दिलाए । नेपाली ब्याटिङमा अनिल, मेहबुब, शक्ति गौचन, शरद भेसवाकर, विनोद दास तथा अमृतले खाता नै खोलेनन् । तान्जानियाको जितमा रहटुल्ला र नासोरोले तीन-तीन विकेट लिए ।
यसअघि टस हारी पहिलो ब्याटिङ गरेको तान्जानिया राहुलको घातक बलिङ सामना गर्न नसक्दा १ सय १७ रनमा समेटिएको थियो । नेपालका लागि बायाँहाते बलर राहुल पुनः एक अन्तर्राष्ट्रिय खेलमा दोस्रोपटक पाँच विकेट लिन सफल रहे । राहुलले काठमाडौंमै सम्पन्न आइसिसी डिभिजन-५ को फाइनलमा अमेरिकाविरुद्ध सात विकेट लिएका थिए ।
तान्जानियाको सुरुवात खासै राम्रो हुन सकेन । ओपनरद्वय एस खालिफा र किओन्गोजीले पहिलो विकेटका लागि ६ ओभरमा १९ रन जोडे । नेपाललाई पहिलो सफलता अलराउन्डर मेहबुब आलमले दिलाए । उनले किओन्गोजीलाई वसन्त रेग्मीबाट १२ रनमा क्याच समात्न लगाए । त्यसपछि खालिफले एआर पाटवासँग दोस्रो विकेटका लागि २१ रनको साझेदारी गरे । परिवर्तीत बलरका रूपमा आएका अमृत भट्टराईले पाटवा -६) को विकेट लिए ।
विकेटको एक छेउबाट धमाधम विकेट झर्दै जाँदा ओपनर खालिफाले आफ्नो विकेट जोगाउँदै टोलीकोे स्कोर उकासे । उनले सहिद धनानी -५) सँग तेस्रो विकेटका लागि १३ रनको झिनो साझेदारी गर्दै ५३-३ को अवस्थासम्म लगे । तान्जानियाको ब्याटिङ पारीमा चौथो विकेटका लागि सर्वाधिक ४३ रनको बलियो साझेदारी भएको थियो । एस अब्दुल्ला
-११) र खालिफबीचको सो साझेदारीका कारण तान्जानियाले नेपालसमक्ष बलियो लक्ष्य तेर्‍र्याउने संकेत देखायो । तर, वसन्त रेग्मीले अब्दुल्लाको विकेट लिएपछि सो टोलीले भनेको जस्तो योगफल नेपाललाई दिन सकेन ।
कप्तान पारसले आप\mना भरपर्दा स्पिनर राहुललाई बल थमाउँदा तान्जानिया निरीह साबित भयो । राहुलले किकासी -३) रेहमुल्ला -६), मित्वा -०), नासोरो -१८) र किसेटो -१) को विकेट हात पार्दा तान्जानिया ४७ ओभर ३ बलमा १ सय १७ रनमा खुम्चियो । राहुलले बलिङ गर्नुअगाडि तान्जानिया २८ ओभरमा ८६-४ को सन्तुलित अवस्थामा थियो । त्यसपछि राहुलको जादुमयी बलिङ उनीहरूले बुभ\mन नसक्दा अन्तिम ६ विकेट केवल २१ रनको अन्तरमा गुमाउन बाध्य भयो । सो पारीमा खालिफले सर्वाधिक ४१ रन जोडे । नेपालका लागि वसन्तले २३ रन दिएर दुई विकेट लिए । मेहबुब, अमृत र शक्तिले एक-एक विकेट लिए । 

source:nayapatrika