लन्डन, भदौ ५ (एपी)- इङ्ल्यान्डले सन् २०१८ को विश्वकप अभियानमा जर्मनीको चर्चित पाउल अक्टोपसको
सहयोग लिने भएको छ।
उसले विश्वकप आयोजना अभियानका लागि पाउललाई इङ्ल्यान्डको सद्भावना राजदूतका रूपमा समेत नियुक्त गरिसकेको छ।
पाउल अक्टोपस सन् २०१० विश्वकपको नतिजा घोषित गर्दे चर्चामा आएको थियो। जर्मनीको ओबेरहाउसेन अक्युरेममा रहेको पाउल अक्टोपसको जन्म इङ्ल्यान्डमा भएको थियो।
source:nagarik