रियो दि जेनेरो, भदौ ५ (एपी)- ब्राजिलका चर्चित पूर्व स्ट्राइकर रोनाल्डोले २०१० को अन्त्यमा
आफ्नो खेल जीवन समाप्त हुनसक्ने बताएका छन्। ३३ वर्षीय स्ट्राइकरको नाममा विश्वकपमा सर्वाधिक गोल गर्ने इतिहास कायमै छ।
उनले ग्लोबो टेलिभिजनको साक्षात्कारमा आफूले यस सिजनको अन्त्य राम्रो खेलेर गर्न चाहेको बताउँदै भने, ‘त्यसपछि खेललाई अघिल्लो वर्ष निरन्तरता दिने कि के गर्ने निर्णय गर्नेछु।'
चोटका कारण रोनाल्डो आफू अनुबन्धित ब्राजिलियन क्लब कोरिन्थिएन्सबाट सय दिनभन्दा बढी समयदेखि मैदानमा देखा परेका छैनन्। अभ्यासको अभावमा उनलाई फेरि तौलको समस्या देखिएको छ। उनले अन्तर्वार्तामा आफू करिअरको अन्त्यतिर रहेकोसमेत बताए। उनले ठूलो धुमधडाकाबीच आफ्नो खेल जीवन अन्त्य गर्न नचाहेकोसमेत उल्लेख गरे। रोनाल्डोले विश्वकपमा सर्वाधिक १५ गोल गरेका छन्।
source:nagarik