चीनले पैसा नदिएका कारण दाहालद्वारा उम्मेद्‍वारी फिर्ता : सिपी मैनाली :

भक्तपुर, असोज २- मालेका महासचिव सिपी मैनालीले चीनबाट सभासद् किन्न पैसा नमिलेका कारण
माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधान मन्त्रीको उम्मेद्‍वारी फिर्ता लिएको बताएका छन्। सांसद किन्ने पैसा भएको भए उनले कुनै हालतमा फिर्ता नलिने दाबी पनि सिपीले गरे।

भक्तपुरको सिपाडोल गाविसमा खानेपानी योजनाको उद्‍घाटन गर्न आइपुगेका मैनालीले सञ्चारकर्मीसँग कुरा गर्दै सभासद् किन्ने पैसा भए कुनै पनि हालतमा उनले उम्मेद्‍वारी फिर्ता नलिने दाबीसमेत गरे।

अहिलेसम्म माओवादीका कारण प्रधान मन्त्री चुन्न नसकेको बताउँदै अब साँच्चै देशको समस्यालाई निकास दिन खोजेको हो भने साझा उम्मेद्‍वार बनाएर प्रधान मन्त्री चुन्नुपर्ने उनको तर्क थियो।

source:nagarik