काठमाडौं, असोज ७ - पूर्व प्रधान मन्त्री कृष्णप्रसाद भट्टराईले नर्भिक अस्पतालमा
उनलाई भेट्न आउनेलाई देखेपछि भने- वाफ रे वाफ ! अनि उनले थपे- मलाई ठीक छ, सबैको कल्याण होस्।
सुरुमा इमर्जेन्सीमा राखिएका उनलाई पछि वार्डमा भर्ना गरिएको छ। उनलाई अस्पताल ल्याउने थाहा पाएर पहिलेदेखि नै त्यहाँ पुगेका शुभेच्छुकसमक्ष उनले यस्तो प्रतिक्रिया व्यक्त गरेका हुन।
भट्टराईको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि थापाथलीस्थित नर्भिक अस्पताल ल्याइएको हो। भट्टराई चढ्ने गाडी बिग्रिएका कारण सिचाई मन्त्री बालकृष्ण खाँडले उनको निवासमा गाडी पठाएका थिए। खाना खान छोडेका कारण कमजोर बनेकाले उनको स्वास्थ्य स्थिति बिग्रिएको सहयोगी अमिता कपालीले बताइन्।
उनको अवस्था बिग्रिएका कारण आजैमात्र चिकित्सकको टोली भट्टराई निवास पुगेको थियो। अवस्था कमजोर भेटिएपछि उनीहरुले थप उपचारका लागि अस्पताल लैजान 'रिफर' गरेका हुन्।
source:nagarik