बिमान धावन मार्गबाट झर्यो, सबै यात्रु सुरक्षित :

जनकपुरधाम, आश्विन ८ - यति एयरलायन्सको विमान जनकपुर बिमानस्थलमा धावनमार्गबाट तल झरेको छ । शुक्रबार
अपरान्ह सबा ५ बजे जनकपुरबाट काठमाडौंका लागि उडान भर्ने क्रममा यति एयरलायन्सको ९ एन - ए जे सी बिमान धावनमार्गबाट १ मिटर उत्तर झरेको हो ।
बिमानमा सबार २९ यात्रु तथा चालक दलका ३ जना सदस्यहरु भने सुरक्षित रहेका छन् । बिमान धावनमार्गबाट तल झरे लगत्तै क्याप्टैन जीबी विष्टले आकस्मिक रोक्न पुग्दा बिमानमा सबार यात्रुहरु त्रसित बनेपनि  जनाइएको छ । बिराटनगरबाट शनिबार बिहान आउने इन्जिनियरहरुको टोलिले निरिक्ष्ण र सञ्चालन गरेपछि बिमान पुनः उडान भर्ने जनाइएको छ ।

source:kantipur