काठमाडौं, आश्विन २१ - कांग्रेस संस्थापक कृष्णप्रसाद भट्टराईले आफूलाई फेरि प्रधानमन्त्री बन्ने
इच्छा लागेको बताएका छन् । उनले आफ्नो इच्छा पूरा हुने विश्वास व्यक्त गरे ।
'अब मलाई लागिरहेको छ,' झण्डै तीन साता लामो उपचारपछि नर्भिक अस्पतालबाट बिहीबार डिस्चार्ज भएका पूर्व प्रधानमन्त्री भट्टराईले अस्पताल परिसरमा भने, 'सय बर्ष पुगेपछि मलाई फेरि प्रधानमन्त्री बन्ने इच्छा लागिरहेको छ ।' भट्टराईले फेरि प्रधानमन्त्री बन्ने इच्छा लागेको बताउँदा उनका शुभेच्छुक हाँसेका थिए ।
भट्टराईले २०४७ साल बैशाख ६ गते अन्तरिम सरकारको नेतृत्व गरेका थिए भने २०५६ सालमा कांग्रेसको बहुमत सरकारको नेतृत्व गरेका थिए ।
source:kantipur