काठमाडौं, आश्विन ३१ -   पूर्वराजा ज्ञानेन्द्र शाहले बडादसैँको उपलक्ष्यमा स्वदेश तथा विदेशमा रहे  बसेका 
समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइको सुख, शान्ति, समृद्धि र  प्रगतिका लागि शुभकामना व्यक्त गरेका छन् । 
    विजयादशमीको उपलक्ष्यमा आज दिएको शुभकामना सन्देशमा उनले हाम्रो धर्म,  संस्कृति, परम्परागत रीति पद्धतिको रक्षा गर्दै हामीले हाम्रो स्वतन्त्र  राष्ट्रिय अस्मितालाई जोगाएर राष्ट्रिय गौरवको प्रबर्द्धन र मुलुकमा  राजनीतिक स्थिरता कायम गर्नुपर्ने उल्लेख गरेका छन् । 
सन्देशमा मुलुकमा सुशासनको अनुभूति, शान्ति सुरक्षाको प्रत्याभूति र  धार्मिक तथा सामाजिक सद्भावको सम्पोषणका साथै नेपालीको समृद्धितर्फ निरन्तर  पाइला बढाउनुपर्दछ भन्ने आफ्नो मान्यता रहेको उनले उल्लेख गरेका छन् ।
source:kantipur