काठमाडौ, आश्विन ३१ -   रोजगारी र अध्ययनको शिलशिलामा विदेशिएकाहरुले समेत यसपालीको दशैं  
खुशियालीका साथ मनाएका छन् । विभिन्न देशमा अध्ययनरत विद्यार्थीले इन्टरनेट  र फोन मार्फत इ-कान्तिपुरलाई दिएको जानकारी अनुसार घरपरिवार भन्दा विदेशको  दशैं खल्लो भएको दुःखेसो गरे । आफ्नो संस्कृतिलाई विर्सन नदिन र दशैंको  याद ताजा राख्न आपसमा साथी भाई भेला भएर टिको लगाएको उनीहरुले बताए ।
 दुई बर्ष अघि डिभी परेर अमेरीकाको भर्जिनियामा बस्दै आएका उदयरपुर  गाईघाटका दीपेन्द्र तामाङले गाउंकै दाजु पर्नेसंग टीका लगाएर आशिर्वाद  थापेको फेसबुक मार्फत बताए । 'विदेशको दशैं खल्लो हुंदो रहेछ,'आईतवार टीका  लगाएपछि अनलाईनमा भेटिएका उनले भने,'त्यही भएर घरमा बुवा ममी र दाइलाई  संझदै गाउंकै नाता पर्ने दाईबाट टिका लगाएर आशिर्वाद थापे ।' उनले नेपालको  झैं विदेशमा कुनै नेपालीले पनि दशैं नमानउने गरेको बताए । अष्टमीको दिन  नजिकैको बजारमा गई १ सय ६५ डलरमा खशी किनेर ल्याई सबै नेपाली भेला भएर  खाएको तामाङले बताए । 
उनका अनुसार आज सबै नाता पर्ने र साथीहरु भेलाइ कोठामा बसेर सांगितिक  कार्यक्रम गर्ने योजना बनाएको बताए । रोजगारी र अध्ययनको शिलशिलामा लाखौं  युवाहरु विदेशीएका छन् । विदेशमा रहेकाहरुले कसैले नेपालकै झैं दशैं मनाएको  बताए त कसैले निधार खाली राखेर बसेको बताए । उता दुई बर्ष अघि अध्ययनको  क्रममा पोर्चुगल पुगेका झापा सुरुगांका दिनेश सुवेदिले टिकाको दिन घरको  बुवा ममीको धेरै याद आएको बताए । 'घरमा हुंदा साईतमै बु्वा र ममीको हातबाट  टिका लगाउने गर्थे,'पोर्चुगलमा रहेका सुवेदिले भने,'तर दुई बर्ष भयो  साथीहरु भेला भई आपसमा टीका लगाएर आशिर्वाद साटासाट गर्न थालेको ।' उनले  दाई अमेरिकामा रहनु भएको र दिदीहरुको पनि विवाह भई सकेकाले बुवा ममीले  दशैंमा खल्लो महसुस गर्ने गर्नु भएको उनले फेसबुक मार्फत सुनाए । 'दशैं  आएपछि जहिले घरपरिवारको याद आउंछ,'उनले भने,'तर साथीले मलाई एक्लो महसुस  हुन दिएका छैनन ।' 
अधिकांश साथीहरु नेपालकै भएकाले सबैले घरपरिवारको संझना गर्दै दशैं मनाएको  उनले जानकारी दिए । अनलाईनमा भेटिएका सबैले साथीभाई भेला भई दशैं मनाएको  बताए । केहीले भने घरपरिवारको यादले गर्दा दशैं नमनाएको र एक्लोपना महसुस  भएको बताए । 'विदेशमा त हाम्रो संस्कृतीको कुनै मतलब हुंदैन रहेछ,' अध्यनको  शिलशिलामा ६ महिना अघि डेनमार्क पुगेका काठमाडौंका मनिष पौडेलले  भने,'त्यही भएर हामी केही नेपाली भेला भई टीका लगाएर दशैं मनायौं ।' उनले  दशैंमा ममी,बुवा र बैनी पूण्र्याको दिन सम्म विभिन्न स्थानमा रहेका  इष्टमित्रकामा गई टीका लगाएर आशिर्वाद थाप्ने गरेपनि डेनमार्कमा भने  नेपालीहरु एकछिन भेलाभई आधा घण्टामै दशैंको विदाई गरिएको बताए । 
उनका अनुसार डेनमार्कमा हजारौं नेपाली बसोबास गनदै आएपनि सामान्य रुपमा  दशै मनाएका हुन् । अनलाईनमा भेटिएका विदेशमा रहेका सयौं नेपालीले अन्य बेला  भन्दा पनि दशैं र तिहारमा नेपाल र घरपरिवारको याद धेरै आउने गरेको सुनाए ।  दुई बर्ष अघि अध्ययनका लागि अष्टे्रलीया पुगेका विराटनगरका प्रदिप  खतिवडाले पनि परिवारसंग बसेर दशैं मनाउन नपाउंदा खल्लो महसुस भएको बताए ।  'घरमा हुंदा पो दशैंको ठूलो महत्व हुंदो रहेछ,'उनले भने,'तर यहां दशैं  तिहार कहिले आउंछ मतलब नै हुंदैन रहेछ । 'उनले संगै रहेका नेपाली संग बसेर  सामान्य रुपमा दशैं मनाएको बताए ।
source:kantipur