काठमाडौं, आश्विन २९ - राष्ट्रप्रमुखका हैसियतले शुक्रबार राष्ट्रपति रामवरण यादवले महाअष्टमी पर्वका
अवसरमा विभिन्न शक्तिपीठको पूजा अर्चना गरेका छन् ।
राष्ट्रपतिले नक्साल भगवती, गुहेश्वरी, शोभा भगवती, संकटा, मैतिदेवीलगायतका शक्तिपीठको दर्शन गरेका छन् । गणतन्त्र अघि राष्ट्रप्रमुखका हैसियतले तत्कालिन राजाले पनि शक्तिपीठको पूजा अर्चना गर्ने गर्दथे ।
पूर्व राजा पनि:
यसैबीच पूर्व राजा ज्ञानेन्द्र शाहले पनि महाअष्टमी पर्वका अवसरमा शुक्रबार राष्ट्रपतिले पूजा अर्चना गरेपछि पछिपछि राजधानीका विभिन्न शक्तिपीठको पूजा अर्चना गरेका छन् ।
पूर्व राजाले पनि नक्साल भगवती, गुहेश्वरी, शोभा भगवती, संकटा, कालिकास्थान, भद्रकालीलगायतका शक्तिपीठको दर्शन गरेका छन् ।
बडादसैँको आठौँ दिन शुक्रबार नेपालभर दुर्गाभवानीको पूजा आराधना गरी महाअष्टमी पर्व मनाइएको छ ।
source:kantipur