राष्ट्रपति शासन लागू हुनुपर्छः बिजुक्छे :

काठमाडौ, आश्विन २९ - नेपाल मजदुर किसान पर्टीका अध्यक्ष नरायणमान बिजुक्छेले दलहरूले निकास दिन नसकेकाले राष्ट्रपतिले सत्ता
हातमा लिनु पर्ने बताएका  छन् । बिजुक्छेलले निकासका सबै बाटो बन्द भएको भन्दै राष्ट्रपति शासनको बिकल्प नभएको दोहोर्‍याए । रेडियो कान्तिपुरसँग कुरा गर्दै उनले  सबै दल मिलेर सत्ता हातमा लिन राष्ट्रपतिलाई सिफारिस गर्नु पर्ने बताए ।
मुख्य दल  मुलुकको नेतृत्व गर्न असफल भएको भन्दै उनले तोकीएको समयमा संविधान बन्ने /नबन्ने विषय उनीहरूकै भूमीकामा निर्भर हुने बताए । ठूला दल सत्ताको छिनाझम्टीमा लागेका कारण गतिरोध लम्बीएको भन्दै विजुक्छेले वैदेसिक हस्तक्षेपले त्यसलाई बढाएको बताए ।
जातिय र भाषाका आधारमा गरिने राज्य पुनःसंरचनाले मुलुक टुक्रने  उनले दाबी गरे । अहिले जस्तै १४ अञ्चलमा अवधारणमा पुनः संरचना गर्नु पर्ने बिजुक्छेको भनाई थियो ।

source:kantipur