रुसको चेचेन्या राज्यको संसदमा आत्मघाती आक्रमण / ६ को मृत्यु :


काठमाडौ, कार्तिक २ - रुसको चचेन्या राज्यको संसदमा आत्घाती आक्रमण हुंदा
६ जना को मृत्यु भएको छ । स्थानीय संचार माध्यमहरुले सबै आत्मघातीहरुको मृत्यु भएको दाबी गरेको छ ।  आक्रमणपछि  संसद भवनमा सुरक्षा व्यवस्था कडा पारिएको छ । चेचेन्या राज्य अध्यक्षको विशेष सुरक्षामा खटिएको  सुरक्षा दस्ता संसद भवनमा परिचालन गरिएको बताइएको छ  ।
 सभामुखको अफिस नजिकै उनीहरुले बम पडकाए पनि सभामुख सुरक्षित रहेका छन् । आत्मघाती बम आक्रमण कसले र किन गराएको भन्ने अहिलेसम्म थाहा हुन सकेको छैन ।
 source:kantipur