टीकाको साइत बिहान १०:४३ मा :

काठमाडौं, असोज ३१ - यस वर्ष विजयादशमी टीकाको साइत आइतबार बिहान १० बजेर ४३ मिनेटमा छ। नेपाल पञ्चाङ्ग
निर्णायक समितिका अनुसार देवी विसर्जन पूजाको साइत भने बिहान ८ बजेर ४७ मिनेटमा छ। मान्यजनहरूबाट टीका लगाएर आशिर्वाद लिन र दिन भने दशमीका दिनदेखि कोजाग्रत पूर्णिमासम्म नै उत्तम मानिएको छ।
समितिका अनुसार ११ बजेर ५ मिनेटमा खड्ग यात्रा र तुलजा भवानी यात्राको पनि साइत परेको छ । शिरासनको साइत भने ११ बजेर ४१ मिनेटमा छ । देवीलाई राखेको स्थानबाट रथमा राखी घुमाएर पुनः सोही स्थानमा लगेर राख्ने कार्यलाई शिरासन भनिन्छ । कात्तिक ५ गते शुक्रबार कोजाग्रत व्रत परेको छ । कोजाग्रतलाई नसुती जाग्राम बस्ने दिन मानिन्छ ।

समितिले कात्तिक १ गते सोमबार अन्नपूर्ण यात्रा, कात्तिक ४ गते बिहीबार अखिल वलिपूर्ति र कात्तिक ५ गते शुक्रबार कोजाग्रत व्रत रहेको उल्लेख गरेको छ।

source:nagarik