म हेलिकोप्टरको भाडा तिरेर चितवन गएको हूँ, गिरफ्तार भएर होइन : पारस :

पोखरा पुस १ - जिल्ला प्रशासन कार्यालय चितवनबाट रिहा भएर पोखराको फिसटेल लज पुगेका पूर्व युवराज
पारश शाहले आफूलाई पक्राउ गरेर चितवन नलगेको दावी बताएका छन्। 'देश र जनताका लागि म जहाँ पनि जान तयार छु,' नागरिकन्युजसँग कुरा गर्दै पारशले भने, 'चितवन जाँदाको हेलिकोप्टर भाडा मैले नै तिरेको छु ।'
उनले प्रहरीले समातेको कुरा अश्विकार गरेका छन्। चितवन जाँदा र पोखरा फर्किँदाको हेलिकप्टर 'चार्टर्ड' गरेर प्रयोग गरेको उनले दावी समेत गरे। 'मैले आफ्नै खर्चमा हेलिकोप्टर भाडा तिरेर त्यहाँ गएको हूँ,' उनले भने, 'म पोखराका साथीहरुलाई यही फर्केर आउँछु भनेको थिएँ। त्यही वाचा पूरा गर्न म अहिले पोखरा आएको हुँ।'

source:nagarik