सुजाताका ज्वाँई अवैध कारोबारमा :

काठमाडौं, – पारस गोली काण्डले चर्चामा आएका उपप्रधानमन्त्री सुजाता कोइरालाका ज्वाँई रुबेल चौधरी नेपालमा
बसेर अवैध कारोबारमा संलग्न रहँदै आएको एक साप्ताहिक पत्रिकाले आज सार्वजनिक गरेको छ। प्रहरीले उनको अपराधबारे जानकारी पाएपनि सुजाताकै प्रभावका कारण पक्रन नसकेको पत्रिकाको दावी छ।
बुधबार राजधानीबाट प्रकाशित हुने जनआस्था साप्ताहिकले 'ज्वाँईसा'बद्वारा नेपाललाई जखम' शीर्षकको समाचारमा चौधरीबारे यस्तो खुलासा भएको छ। प्रकाशित समाचार अनुसार तीन महिना पहिले ललितपुरको खुमलटारबाट अवैध अन्तर्राष्ट्रिय कल भिओआइपी संचालन गरेको आरोपमा पक्राउ परेका तीन वंगलादेशीले आफू चौधरीको मान्छे भएको बताएका थिए। तर कोइरालाकै प्रभावका कारण प्रहरीले उनको वयानमा समेत नलेखेको समाचारमा उल्लेख छ।

source:nagarik